बझाङमा एक नाले भरुवा बन्दुक बरामद
२०८३ कार्तिक २०, ०७:३४
बझाङः बझाङमा एक नाले भरुवा बन्दुक बरामद गरिएको छ।
बझाङको बुंगल नगरपालिका–६ हापे खोला स्थित रहेको ओडारमा लुकाई छिपाई राखेको एक नाले भरुवा बन्दुक एक थान बिहिबार बेलुका बरामद गरिएको हो। इलाका प्रहरी कार्यालय बुंगल,बझाङबाट खटिएको प्रहरी टोलीले वेबारिसे अवस्थामा फेला पारी बरामद गरेको जनाएको छ। यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ।
कमेन्ट लोड गर्नुस