सुदूर नेपाललाई विश्वसँग जोड्दै

एसिया कप क्रिकेटः भारतलाई नेपालले दियो १२९ रनको चुनौती

२०८३ कार्तिक २०, ०२:३९ रासस

काठमाडौँ  :एसिया कप क्रिकेट प्रतियोगिता (एसिसी)अन्तर्गत १९ वर्षमुनिको आज जारी खेलमा नेपालले भारतलाई जीतका लागि १२९ रनको सामान्य लक्ष्य दिएको छ ।

ओमानको अल अमेरात क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ४२।३ ओभरमा सबै विकेट गुमाएर १२८ रनको योगफल बनायो । 

नेपालका लागि दर्श सोनारले सर्वाधिक ४३ रन बनाए । उनले ९३ बलमा १ चौका र १ छक्का प्रहार गरे । त्यस्तै आशिष लुहारले ४५ बलमा २९ रन जोड्दा निरजकुमार यादवले ४८ बलमा २० रन बनाए । त्यसबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । 

बलिङतर्फ भारतका इशान सूदले १० ओभरमा १८ रन खर्चेर ३ विकेट लिए । त्यस्तै अर्जुन राजपुतले ५।३ ओभरमा ८ रन दिँदै ३ विकेट हात पारे । शवीर गौडले २ विकेट लिए भने मनाल चौहान र काव्या परेश पटेलले समान १/१ विकेट लिए । भारत अहिले जवाफी ब्याटिङमा उत्रेको छ । 
 

कमेन्ट लोड गर्नुस