सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली र कञ्चनपुरबाट ५ लाख बढीको भन्सार छलीका सामान बरामद 

२०८३ कार्तिक २१, ०८:१९ खबर संवाददाता

धनगढीः कैलाली र कञ्चनपुरबाट ५ लाख बढीको भन्सार छलीका सामान बरामद गरिएको छ।

कञ्चनपुरको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छली गरी ल्याएका अन्दाजी मूल्य ४ लाख ४० हजार ५५० बराबरको सामान बरामद गरिएको छ। कञ्चनपुरबाट भन्सार छलीको चिनी, मिश्री, मिठाई, नरिवल, विभिन्न किसिमका कपडा, पटका लगायतका सामान शुक्रबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरीले टोलिले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ।

यसैगरी कैलालीको विभिन्न स्थानबाट अवैध रुपमा भारतबाट भन्सार छली गरी ल्याएका अन्दाजी मूल्य ७४ हजार ५० बराबरको सामान बरामद गरिएको छ। कैलालीबट पटका, बोइलर कुखुरा लगायतका सामान शुक्रबार जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरीले टोलिले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ।

कमेन्ट लोड गर्नुस