सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा अटो सर्भिस सेन्टरमा आगलागी, मैनबत्तीबाट सल्किएको थियो आगो

२०८३ कार्तिक २३, ०७:१२ खबर संवाददाता

धनगढीः कैलालीको धनगढीमा रहेको बङ्लामुखी अटो सर्भिस प्रालिमा आगलागी भएको छ।

धनगढी उपमहानगरपालिका–१३ भाटभटेनी नजिक गजेन्द्र कार्कीले सञ्चालन गरेको अटो सर्भिस सेन्टरमा आइतबार साँझ आगलागी भएको हो। प्रहरीका अनुसार साँझ ७ः४५ बजे अचानक आगलागी भएको सूचना प्राप्त भएपछि कैलालीगाउँ प्रहरी चौकी, जिल्ला प्रहरी कार्यालय कैलाली र वडा प्रहरी कार्यालय धनगढीबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो।

प्रहरी, स्थानीयवासी र दमकलको सहयोगमा राति ८ः३५ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ। प्रारम्भिक जानकारीअनुसार मैनबत्तीबाट आगो सल्किएर आगलागी भएको बुझिएको छ। आगलागीबाट भएको क्षतिको विवरण भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस