सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुराका प्रहरी जवान भण्डारीको नयाँ मोटरसाइकल चढ्ने धोको अधुरै

२०८३ कार्तिक २३, ०७:२३ खबर संवाददाता

धनगढीः डडेल्धुराको अजयमेरु गाउँपालिका–१ घर भएका प्रहरी जवान लोकेन्द्र भण्डारीको नयाँ मोटरसाइकल चलाउने सपना अधुरो बनेको छ।

पूर्वी नवलपरासीको देवचुलीमा सडक दुर्घटनामा ज्यान गुमाएका प्रहरी जवान भण्डारी नयाँ मोटरसाइकल चढ्ने धोकोसहित खरिद गरेको भोलिपल्टै अस्ताएका हुन्। भण्डारी नारायणगढबाट कावासोतीतर्फ जाँदै गर्दा बाप्र ०२–०७३ प २०७७ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ गइरहेको नम्बर नखुलेको ट्याक्टरले ठक्कर दिएको थियो।

दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल लगियो। तर, चिकित्सकले उनलाई मृत घोषणा गरे। भण्डारीका श्रीमती र नाबालिका छोरी छन्।

कमेन्ट लोड गर्नुस