सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा भरुवा बन्दुकसहित ४० वर्षीय राजेन्द्र रोकाया पक्राउ 

२०८३ कार्तिक २३, ०८:११ खबर संवाददाता

बझाङः बझाङमा भरुवा बन्दुकसहित ४० वर्षीय राजेन्द्र रोकाया पक्राउ छन्।

बझाङको मष्टा गाउँपालिका–२ धनातोलीबाट भरुवा बन्दुकसहित ४० वर्षीय राजेन्द्र रोकाया पक्राउ परेका हुन्। आइतवार बिहान १०ः४० बजे इलाका प्रहरी कार्यालय मष्टाबाट प्रहरी सहायक निरीक्षक पदमबहादुर बोहराको कमाण्डमा खटिएको गस्ती टोलीले विशेष गोप्य सूचनाका आधारमा रोकायाको घरमा लुकाइछिपाइ राखेको भरुवा बन्दुक फेला पारेको हो। उक्त बन्दुक बरामद गरी रोकायालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। उनलाई जिल्ला प्रहरी कार्यालय बझाङको हिरासतमा राखी घटनाबारे थप अनुसन्धान भइरहेको छ।

कमेन्ट लोड गर्नुस