कैलालीका ३ जना युवक चरेशसहित पक्राउ
धनगढीः कैलालीका ३ जना युवक चरेशसहित पक्राउ परेका छन्।
कैलालीको कैलारी गाउँपालिका–१ हसुलियाबाट अवैध लागूऔषध चरेश ३ ग्राम २७५ मिलिग्रामसहित सोही गाउँपालिका–४ के गाँउ बस्ने २० वर्षीय अजय चौधरी, २२ वर्षीय सुकराज चौधरी र २० वर्षीय निखिल चौधरी पक्राउ परेका हुन्।
तीनै जनालाई इलाका प्रहरी कार्यालय हसुलिया, कैलालीबाट खटिएको प्रहरी टोलीले आईतबार राति लु.प्र. ०३–००१ प २२८० नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान
गरिरहेको छ।