सुदूर नेपाललाई विश्वसँग जोड्दै

बिरामी बोकेको जिप दुर्घटना हुँदा एकजनाको मृत्यु

२०८३ कार्तिक २३, १०:५२ खबर संवाददाता

काठमाडौं: दैलेखमा बिरामी बोकेको जिप दुर्घटना भएको छ।

आज बिहान साढे ५ बजेतिर दैलेखको गुराँस गाउँपालिका–१ काफलतोलीमा भएको दुर्घटनामा परेर ६ जना घाइते भएका थिए। घाइतेमध्ये एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार मृत्यु हुनेमा सन्नित्रिवेणि गाउँपालिका–७, कालिकोटका ४१ वर्षीय रने सार्की रहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ। प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा मृत्यु भएको हो।

कमेन्ट लोड गर्नुस