सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा बुहारीलाई बलात्कार गरेको आरोपमा ससुरा पक्राउ

२०७६ मंसिर ३, ०५:२३

डडेल्धुरा:  डडेल्धुरामा बुहारी बलात्कार गरेको आरोपमा ससुरा पक्राउ परेका छन्। जिल्लाको  गन्यापधुरा गाउँपालिकामा बुहारी बलात्कारको आरोपमा ससुरा पक्राउ परेका हुन्।  ३९ वर्षीय ससुरालाई २२ वर्षीया बुहारी पर्ने महिलालाई बलात्कार गरेको आरोपमा लागेको छ। 

डडेल्धुराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेका अनुसार सोमबार साझ आरोपित ससुराले बुहारी नाता पर्ने २२ वर्षीया महिलालाई कोठामा गएर बलात्कार गरेका थिए।

जबरजस्ती करणी गरेको उजुरीपछि सोमबार राति नै ती पुरुषलाई पक्राउ गरिएको उनले बताए। उनीमाथि जर्बजस्ती करणी मुद्दा चलाइ थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जानकारी दिएको छ। 

कमेन्ट लोड गर्नुस