सुदूर नेपाललाई विश्वसँग जोड्दै

तौल कसरी घटाउने ?

२०७६ मंसिर ९, १०:१६

मोटोपना के हो ? यो कसरी हुन्छ ? भन्ने बारेमा पनि बुझ्न जरुरी हुन्छ । हामीले दिनभरी खाएको खानाबाट क्यालोरी आउँछ । क्यालोरीलाई एक्सरसाइजबाट लस्ट गर्न सकेनौं भने बोसोको रुपमा शरीरमा बस्न थाल्छ । 

बोसो छालाको मुनि र पेट तथा शरीरको विभिन्न अङ्गहरु पनि  टाँसिएर बसेको हुन्छ । बोसो जब तपाईँ खाना खानुहुन्न त्यो समयमा प्रयोगमा आउँछ इनर्जी र क्यालोरीको लागि प्रयोग हुन्छ । तर अनावश्यक धेरै खाएर भएको बोसोको विभिन्न किसिमको रोगहरुसँग सम्बन्ध जोडिएको हुन्छ । 

अर्काे एउटा कुरा बुझ्न के जरुरी छ भने हाम्रो शरीर सञ्चालको लागि सामान्य रुपमा क्यालोरी चाहिन्छ । मैले भन्न खोजेको हामी निदाएको समयमा पनि हाम्रो मस्तिष्क, मुटुलगायत धेरै अङ्गहरु सञ्चालनमा हुन्छन् । सञ्चालन भएका अङ्गलाई मेन्टन गर्नको लागि क्यालोरी चाहिन्छ । 

कसैलाई कम खाँदा पनि मोटोपना हुन्छ भने कसैलाई धेरै खादा पनि हुँदैन ।  यसको कारण भनेको व्यक्ति विशेष स्ट्रकचर, फिजियोलोजी र फङ्सन अनुसार  भरपर्ने कुरा हो । 

 तर थोरै खाए पनि मोटोपना हुन्छ भने के बुझ्नु पर्छ भने त्यो व्यक्तिले अलि मेहेनत गर्नुपर्ने जरुरी छ ।  बढी क्यालोरी हुने खानेकुरा कुरा कम खानुपर्छ । क्यालोरी खर्च हुने गरी व्यायाम गर्नुपर्छ ।

अनावश्यक खानपानलाई त्यागौँ 
चिया, मिठाई, केक, बिस्कुट, मदिराजस्ता खानेकुरा सकेसम्म नखाँदा राम्रो हुन्छ । यस्ता खानेकुरालाई हामीले खानामा गन्दैनौँ तर क्यालोरी अर्थात शरीरमा बोसोको मात्रा बढाउने खानेकुराहरु भने यिनै हुन् । यस्ता खानेकुराहरु भोक नलागे पनि यतिकै खाइन्छ । यस्ता खानेकुरालाई घटाउने हो भने मोटोपना यतिकै घटाउन सकिन्छ । 

तौल बढ्ने पहिलो कारण भनेको तपाईँ अनावश्यक खानुहुन्छ । दोस्रो कारण जति खाएको खानालाई घटाउनु पर्ने अर्थात व्यायाम गर्नुपर्ने हो त्यो भएको हुँदैन । प्रायः तौल बढी भएका व्यक्तिहरुमा के कारण रहेको छ भने धेरै खाने र कम व्यायाम गर्ने । मानौ कुनै व्यक्तिको तौल ६० किलो छ । ऊ दिनमा ४ पटक खाना खान्छ र  दिनमा ३ किलोमिटर हिँड्छ भने उसको तौल ब्यालेन्समा हुन्छ । खानालाई बढाइयो तर व्यायामलाई बढाइएन भने तौल अवश्य बढ्छ । 

आफ्नो दैनिक क्रियाकलापमा १० देखि १५ प्रतिशत बढाउने र खानामा १० प्रतिशत घटाउने हो भने २० देखि ३० प्रतिशत तौल नियन्त्रण हुन्छ । 

तौल घटाउने अन्य टिप्सः

–साहकारी खानेकुराहरुमा क्यालोरी कम हुन्छ । यस्ता खानाहरुमा फाइवर पाइन्छ जसले तौल नियन्त्रणमा मद्धत गर्छ । 
–सलाद, फलफूल, सागपातमा जोड दिनुपर्छ । 
– हप्ता या १० दिनमा एक पटक मात्रै मासुजन्य खानेकुराहरु खादा मोटोपन घटाउन सकिन्छ ।
–शारीरिक व्यायाममा ध्यान दिनुपर्छ ।
 

कमेन्ट लोड गर्नुस