प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार, भेन्टिलेटर हटाइयो
प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार भएको छ। स्वास्थ्यमा सुधार भएपछि मंगलबारदेखि लगाइएको भेन्टिलेटर हटाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए। थापाका अनुसार एनेस्थेसिया दिँदादेखि राखिएको भेन्टिलेटर बुधबार बिहान हटाइएको हो। मंगलबार एपेन्डिसाइटिसको शल्यक्रियापछि प्रधानमन्त्री ओलीको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचार भैरहेको छ।
प्रधानमन्त्री ओलीलाई केही दिन अस्पतालमै राखेर उपचार गर्नुपर्ने डाक्टरले बताएका छन्।