सुदूर नेपाललाई विश्वसँग जोड्दै

जथाभावी ब्युटी प्रोडक्टको प्रयोगले नपुंसकताको समस्या

२०७६ मंसिर ११, ०६:४२

अहिले बजारमा थरीथरीका ब्युटी प्रोडक्ट उपलब्ध छन्। छाला चम्काउन होस् वा कपाल बाक्लो बनाउन, ओंठलाई मुलायम बनाउन होस् वा अनुहारको दागधब्बा मेट्न, चाहेजति र खोजेजस्तै सौन्दर्य प्रशाधन पाइन्छ। तर, आफुलाई सुन्दर बनाउन प्रयोग गरिने सौन्दर्य प्रसाधनले कुरुप पनि बनाउन सक्छ। किनभने बजारमा त्यस्ता कमसल सौन्दर्य प्रसाधन पनि छ्यापछ्याप्ती छन, जसको प्रयोग उपयोगी हुँदैन।

टाउको दुख्नु
तपाईंलाई राम्रो बनाउने कस्मेटिकका कारण तपाईंलाई टाउको दुख्ने समस्या उत्पन्नहुनसक्छ भन्ने कुरा तपाईंले कहिल्यै सोच्नु भएको छैन होला। केही त्यस्ता रसायनहरु छन्, जस्तै डाइजोलिडिनाइल र डीएमडीएम हाइड्रिरेशनको प्रयोग सौन्दर्य प्रसाधनहरुमा धेरै भएको हुन्छ। त्यसैले यो टाउको दुखाई र आँखा पोल्ने जस्ता समस्याका कारण बन्न सक्छ। यदि तपाईंलाई मेकअप गर्दा त्यस्ता लक्षण देखिन्छ भने केही दिन मेकअप गर्नुहुँदैन।

इनफर्टि्लिटी
हामीलाई ताजापनको अनुभव गराउने पफ्र्यूमको कण हाम्रो छालामा टाँसिन्छ। जसका कारण रिप्रोडक्टिभ अग्र्यान प्रभावित हुन्छ। यसले नपुंसकताको समस्या पनि हुन सक्छ। त्यसैले समयमा ध्यान दिनुपर्छ र यस्ता उत्पादनहरुको धेरै प्रयोग गर्नुहुदैन।

चाउरीपना र चाया
लामो समयसम्म कस्मेटिकको प्रयोग गर्नाले केवल हाम्रो छालालाई मात्र नोक्सान र्पुयाउँदैन । यसले समयभन्दा अगाडि नै बुढो पनि देखाइदिन्छ। मेकअप गरेर ती कमीहरुलाई हटाउन त सकिन्छ। तर, मेकअपले यो समस्यालाई झन् बढाइदिन्छ।

हार्मोन्समा पनि असर
हाम्रो शरीरको एन्डोक्राइन सिस्टम कस्मेटिकको अत्याधिक उपयोगका कारण गडबढ हुन्छ।  ट्राइक्लोसन जुन एक्ने रिमूवल क्रिममा समावेश भएको हुन्छ। त्यसले हाम्रो शरीरमा टाँसिएको थाइराइडलाई प्रभावित गर्छ। जसका कारण टाउको दुख्ने, वजन बढ्ने र अवसाद जस्ता समस्याहरु उत्पन्न हुन थाल्छ।

क्यान्सर
तपाईंले प्रयोग गर्ने कस्मेटिकले तपाईंलाई क्यान्सर जस्तो भयानक रोग पनि लाग्न सक्छ भन्ने सुन्दा आश्चर्यमा पर्न सक्नुहुन्छ। त्यसो त धेरै कस्मेटिक बनाउने कम्पनीहरुले आफ्नो प्रोडक्टलाई राम्रोसँग जाँच गरेर मात्र बजारमा ल्याउने गर्छन्। तर, त्यसलाई लामो समयसम्म प्रयोग गर्नु उचित हुँदैन। ब्रान्डेड उत्पादनहरु एक्स्पायरी डेटसहित आउँछन्। डेट गएको उत्पादनको प्रयोग बिर्सेर पनि गर्नुहुँदैन।

कमेन्ट लोड गर्नुस