सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बुझ्न राष्ट्रपति अस्पतालमा

२०७६ मंसिर १२, ०९:२२

प्रधानमन्त्री केपी ओलीको स्वास्थ्य अवस्था बुझ्न राष्ट्रपति विद्यादेवी भण्डारी अस्पताल पुगेकी छन्। मंगलबार बिहान एपेन्डिसाइटिसको शल्यक्रियापछि आराम गरिरहेका प्रधानमन्त्रीलाई भेट्टन राष्ट्रपति भण्डारी बुधबार साँझ अस्पताल पुगेकी हुन्। 

मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरको सघन उपचार कक्षमा आराम गरिरहेका प्रधानमन्त्री ओलीसँग राष्ट्रपति भण्डारीले करिब १५ मिनेट भेट गरेकी हुन्। प्रधानमन्त्रीसँग स्वास्थ्य अवस्थाको जानकारी लिएपछि राष्ट्रपति भण्डारीले ओलीको उपचारमा संलग्न चिकित्ससँग कुराकानी गरेकी छन्। 

बोल्दा समस्या हुने भन्दै चिकित्सकले ओलीको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगेका नेतालाई छोटो समयमात्र भेट्न समय दिँदै आएका थिए ।
 

कमेन्ट लोड गर्नुस