सुदूर नेपाललाई विश्वसँग जोड्दै

सावधान ! शौचालयमा मोबाइलको प्रयोग गर्दा यस्तो समस्या

२०७६ मंसिर १२, ०९:३२

अचेल मानिसहरू ग्याजेटविना एक मिनेट पनि अलग्गै बस्न नसक्ने भएका छन्। जहाँ जाँदा पनि मोबाइल, ट्याब्लेटलगायत सामान बोकेर हिड्ने गर्छन। त्यसमध्ये पनि मोबाइल यति प्रिय बनिसकेको छ की कसैले पनि टाढा राख्नै चाहदँैनन्। 

चाहे खाना खाने बेला होस् वा शौचालय जाँदा, मोबाइल फोनसँगै बोक्ने गर्छन। कतिको त मोबाइल फोनविना शौचालय गए राम्रोसँग फ्रेस पनि नहुने सम्मको अवस्था हामीले सुन्न थालेका छौं। यसरी मोबाइल लिएरै शौचालय जानेहरु आवाज निकाले कुराकानी गर्न अप्ठयारो हुने भए पनि टेक्स्टमार्फत कुराकानी गरिरहेका हुन्छन्। साथै मोबाइलबाट अचेल कुराकानी मात्रै नभई अखबारको काम पनि हुन्छ। 

तर, शौचालयमा यसरी मोबाइलको प्रयोगले तपाईको स्वास्थ्यमा के असर गर्छ जानकारी छ? विज्ञहरूले शौचालयमा मोबाइल फोनको प्रयोग मानव स्वास्थ्यको लागि हानिकारक मानेका छन्।  शौचालयमा मोबाइल फोनसँगै लिएर जाँदा त्यस बेलामा शौचालयमा भएका अनेक किटाणु मोबाइल फोनमा टासिन्छन्। 

शौचालयबाट बाहिर निस्कदा हात त राम्रोसँग धोइन्छ तर, मोबाइल फोन धुन सक्दिैन। शौचायलबाट आएका किटाणु मोबाइल प्रयोग गर्दा फेरि हातमा आइपुग्छन्।  सार्वजनिक शौचालयमा व्यक्तिगत शौचालय भन्दा धेरै गुना खतरनाक हुन्छ। अफिस, होटल वा रेष्टुरेन्टको शौचालय प्रयोग गर्दा मोबाइल फोनको प्रयोग नर्गन विज्ञहरूको भनाइ छ। त्यतिबेला मोबाइल प्रयोग गरे सार्वजनिक शौचालयमा भएका खतरनाक ब्याक्टेरिया मोबाइल फोनमा आएर बस्न सक्छन्।

 
ब्याक्टेरियाका लागि मोबाइलमा उपयुक्त घर 
एक पटक मोबाइल फोनमा ब्याक्टेरिया आइसकेपछि त्यसमा ब्याक्टेरिया बढ्ने खतरा ज्यादैँ हुन्छ। किनकी मोबाइल फोन प्रयोग गरिसकेपछि त्यो तातो हुन्छ। जसले ब्याक्टेरियालाई जीवित राख्न र थप फैलने वातावरण निर्माण गर्छ। साथै त्यही ब्याक्टेरियायुक्त मोबाइल फोनको प्रयोग तपाईँ हामी खाना खाने समयमा पनि गर्छौ। त्यस क्रममा हातमा लागेको तेल पनि मोबाइलमा लाग्छ। जुन तेलले क्याक्टेरियालाई बढाउनमा मद्दत गर्छ। 

शौचालय जाँदा केही नलैजान सुझाव
 विज्ञहरूले शौचालय जाँदा खाली हात जानुलाई नै राम्रो मानेका छन्। किनकी केही समय दिमागलाई खाली राख्नु स्वास्थ्यका लागि फाइदा हुन्छ। 
यदि न्यूज पेपर लिएर जानु हुन्छ भने त्यसलाई बालबालिकाको पहुँचबाट र फेरि प्रयोगमा नआउने गरी सुरक्षित स्थानमा राख्नु पर्छ।    

 

कमेन्ट लोड गर्नुस