पूर्वप्रेमिकाको नग्न तस्वीर सार्वजनिक गर्ने धम्की दिने नेपाली युवक अस्ट्रेलियामा पक्राउ
पूर्व प्रेमिकाका नग्न तस्वीर सार्वजनिक गर्ने धम्की दिने एक नेपाली विद्यार्थी अस्ट्रेलियामा पक्राउ परेका छन्। प्रेमिकाले अर्कै युवकसँग बिहे गर्ने तय गरेपछि उनले धम्की दिएको र तिनै युवतीको उजुरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको बताइएको छ। अस्ट्रेलियाको युनिर्भसिटि अफ साउथ अस्ट्रेलियामा अध्ययनरत २५ बर्षीय नेपाली युवकले विगतमा आफूसँग बिताएका बेलाको नग्न फोटो सार्वजनिक गर्ने भन्दै धम्की दिएका थिए।
उनले घर परिवारलाई पनि फोटो पठाइदिने भनेपछि युवतीले प्रहरीको सहयोग लिएकी थिइन। प्रहरीका अनुसार उनले वेलायतमा रहेकी आफ्नी पुर्व प्रेमिकाले अर्कैसँग विहे गरेको आवेगमा धम्कीपूर्ण म्यासेज लेखेका थिए। प्रहरीले आरोपित युवकलाई स्थानीय अदालतमा यौनदुव्र्यवहार गरेको मुद्दा लगाएको छ।
स्थानीय समाचार संस्थाका अनुसार युवकले आफु विदेशी नागरिक भएकाले अस्ट्रेलियामा आफुविरुद्ध कुनै पनि मुद्दा लाग्न नसक्ने बताउँदै युवतिलाई धम्क्याउँदै आएका थिए। पक्राउ परेका युवक प्रहरी हिरासतमा छन् । प्रहरीले उनको कुनै परिचय पनि सार्वजनिक गरेको छैन।