डोटीमा स्क्रिनिंग कार्यक्रमबाट करिब २७ सय विद्यार्थीले सेवा लिए
डोटी: डोटीमा संचालन भएको एकदिने स्क्रिनिंग कार्यक्रमबाट करिब २७ सय विद्यार्थीले सेवा लिएका छन्। स्वास्थ्य कार्यालय डोटीको आयोजनामा भएको उक्त कार्यक्रम जिल्लाको सायल गाँउपालिका, आर्दश गाँउपालिका र केआई सिँह गरी ३ वटा स्थानीय तहमा संचालन भएको थियो।
कान, दाँत र आँखा सम्बन्धी स्क्रिनिंग कार्यक्रम तिन वटै स्थानीय तहका विद्यालयहरुमा संचालन गरिएको स्वास्थ्य कार्यालय डोटीका फोकल पर्सन सुर्य विष्टले जानकारी दिएका छन्। विद्यालयमा रहेका छात्रछात्राहरुमा रहेको कान, दाँत र आँखा सम्बन्धी समस्याहरुको पहिचान गरी उपचार तथा परामर्श प्रदान गर्ने उक्त कार्यक्रमको उदेश्य रहेको विष्टले बताए।