सुदूर नेपाललाई विश्वसँग जोड्दै

कतारमा कारागार सजाय भोगिरहेका नौ नेपालीलाई माफि

२०७६ पुष ११, १२:०३ खबर संवाददाता

कतारमा बिभिन्न कारागारमा सजाय भोगिरहेका ९ जना नेपालीलाई  माफी दिएको छ। कतार सरकारले आफ्नो राष्ट्रिय दिवसको अवसरमा ९ जना नेपालीलाई माफी दिएको हो।  त्यसमध्ये राहदानी नभएका ४ जना नेपालीलाई बुधबार नै एकतर्फी यात्रा अनुमति दिएको त्यहाँस्थित नेपाली दुतावासले बताएको छ।

कतारले गत डिसेम्बर १८ तारिखमा आफ्नो राष्ट्रिय दिवस मनाएको हो। रिहा हुने नेपालीहरुको नामसहित नेपालको ठेगाना र उनीहरु के कस्तो कसुरमा कहिले देखि जेल परेका हुन भन्ने विषयमा भनें नेपाली दूतावासले कुनै जानकारी दिएको छैन।
 

कमेन्ट लोड गर्नुस