चिनमा रहेका नेपालीले मनाए अन्तराष्ट्रिय टोपी दिवस
ग्वान्जौ, चिन: आज अन्तराष्ट्रिय टोपी दिवस। चिनमा रहेका नेपालीहरुले पनि टोपी दिवस मनाएका छन्। चिनमा रहेको गैर आवासिय नेपाली संघ चिन र नेपाली महावाणिज्य दुतावासको संयुक्त आयोजनामा अन्तराष्ट्रिय टोपीदिवस मनाइएको छ।
नेपाली कला संस्कृती जोगाउने उदेश्यका साथ उनीहरुले चिनको ग्वान्जौमा एक कार्यक्रमको आयोजना गरेर दिवस मनाएका हुन्। नेपालमा सुरु भएको भ्रमण वर्षको समेत प्रचारप्रसार गर्ने हेतुले कार्यक्रमको आयोजना गरिएको एनसीसी चिनका प्रवक्ता मुकुन्द ढकालले जानकारी दिए।
कार्यक्रमको प्रमुख अतिथिमा महावाणिज्य दुत हरिशरन पूडासैनी रहेका थिए। भने एनआरएन एसीया प्रसान्त क्षेत्रीय महिला संयोजक अमृता थापा, आइसीसी सदस्य नवीन विक, एनसीसी चीनका पूर्व अध्यक्ष डिल्लीप्रसाद पराजुली(बलराम), पूर्व एन सीसी अध्यक्ष सुदेश कुमार झा, जनसम्पर्क समिति चीनका अध्यक्ष राजन कुमार जमकट्टेल लगायत कार्यक्रममा अतिथि रहेका थिए।