सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतमा गोर्खाली सैनिक मारिए

फाइल फोटो
फाइल फोटो
२०७६ पुष १६, १०:०३ खबर संवाददाता

भारतको केन्द्र शासित जम्मु कास्मिरको नौशेरामा मंगलबार राति आतंकवादीको हमलामा भारतीय सेनामा कार्यरत नेपाली नागरिक अर्जुन थापामगर मारिएका छन्।

भारतीय सेनामा राइफलम्यान रहेका २५ वर्षीय थापाको उपचारका क्रममा निधन भएको जनाइएको छ। भारतीय सेनाका प्रवक्ता लेफ्टिनेन्ट कर्णेल देवेन्द्र आनन्दद्वारा बुधबार जारी विज्ञप्ति अनुसार मगर गोरखाको रिप गाउँका हुन्। हतियारधारी आतंककारीलाई जवाफी फायरिङ गर्ने क्रममा घाइते भएका थापाको निधन भएको आनन्दले बताएका छन्।

थापाले भारतका लागि सर्वोच्च बलिदानी गरेको भन्दै भारतीय सेनाले प्रशंसा गरेको छ।
 

कमेन्ट लोड गर्नुस