सुदूर नेपाललाई विश्वसँग जोड्दै

मलेसियामा एक नेपालीको सुतेकै ठाउँमा मृत्यु

२०७६ पुष १७, १०:३५ खबर संवाददाता

३ महिनाअघि वैदेशिक रोजगारीको लागि मलेसिया पुगेका एक नेपालीको मृत्यु भएको छ। पाँचथरको फाल्गुनन्द गाउँपालिका वडा नं १, नवमीडाँडाका हेमलाल दुलाल सुतेकै ठाउँमा मृत भेटिएका हुन्। यसअघि पनि पटक(पटक वैदेशिक रोजगारीमा गएर फर्किएका दुलाल पछिल्लो पटक गत असोज १६ गते मलेसिया पुगेका थिए।  

हृदयघातका कारण उनको मृत्यु भएको प्रारम्भिक अनुमान गरिएको छ। उनका एक श्रीमती,एक छोरा र एक छोरी  छन्। 
 

कमेन्ट लोड गर्नुस