सुदूर नेपाललाई विश्वसँग जोड्दै

हाम्रो प्यारो सुन्दर सुदूरपश्चिम

२०७६ पुष १७, ०१:४०

पद्मराज जोशी “प्रभात”

शिखर छन् अति सुन्दर  जो अपि औ सइपाल हिमाल यहाँ ।
साथमा जो छ त्यो कञ्चन सो वन खप्तड सुन्दर हाँस्छ यहाँ ।
सेती र काली कर्णाली नदी जलधार सुशोभित देश महाँ ।
छन् रामारोशन तप्पड पाटन ती मनमोहक पार्छन यहाँ ।

निर्मल सुन्दर सुर्मा सरोवर जो उच्च पुज्यछ धाम जहाँ ।
घोडाघोडी रानी ताल शुक्लाफाटाँ झिल्मिलाको शोभा घुम्छ तहाँ ।
मानिनी मालिका, शैलेश्वरी, उग्रतारा मेलौलीका साथ संगै
छन् निगालासैनी, त्रिपुरासुन्दरी ती डिलासैनीका माँझ अझै ।

मल्लिकार्जुनका पर्वत नीकट शम्भु विराजित हुन्छन् जहाँ । 
श्री वैद्यनाथ प्रभु सिद्धनाथ संगै  वेहडावावा गाथ महाँ । 
कलकल छलछल निर्झरी सलसल झरना झरझर झर्छन जहाँ । 
कोकील, कालीज, डाँफे, मुनाल, मयुर संगै मृग नाच्छन् यहाँ । 

भ्रमर घुम्दछन् माहुरी झुम्दछन् वाघ उद्यान टीकापुरमा
डल्फीन रम्दछ् हाँस कराउँछन, पथरैया नदी मोहनामा
वीर विरागँना, प्राज्ञ, शहीद संगै, जन्म दिन्छ यो राजनेता ।
हामी हिमाली, पहाडी, तराई मिली वन्छ, हाम्रो यो सुन्दरता ।

जाग न जाग सवै अव लागौ सवै वुझन हाम्रो यो व्यापकता ।
एक आवाज छ, एक नै भाव छ, नेपाली हाम्रो हो राष्ट्रियता । 
भाषा विशाल छ, संस्कृति सभ्यछ, संस्कार फुल्दछ आँगनमा ।
मेलमिलाप छ शान्ति सोहार्द छ सुन्दर हाम्रो यो पश्चिममा ।

गोदावरी, पर्शुराम, दिल्पेश्वर, बेदभुमि यहि आगनमा ।
देवभुमी अझ सून्दर यो भुमी सूदूर हाम्रो यो पश्चिममा ।।
सम्पदा सून्दरले गरि वन्दन यो अभिनन्दन सज्जनमा ।
गर्द५ौ स्वागत सून्दर सूदुर पश्चिम हाम्रो यो आगनमा ।।

कमेन्ट लोड गर्नुस