मे महिनामा बिहे गर्दै बरुण र नताशा
नायक बरुण धवन लामो समयदेखि डिजाइनर नताशा दलालको प्रेममा छन्। बरुणले, नताशासँगको प्रेम स्विकार गरेका छन्। तर, यी दुइले आफ्नो सम्बन्धलाई सधै नै एउटा स्थानमा राख्ने गरेका छन्। तर, विगत केही महिनादेखि नताशा र बरुण सार्वजनिक कार्यक्रममा देखिन थालेका छन्। उनीहरुले नयाँ बर्ष पनि एकसाथ मनाए।
भारतीय मिडियाका अनुसार, नताशा र बरुण यो बर्षको मे महिनामा बिहे गर्दैछन्। उनीहरुको बिहेको तयारी सुरु भैसकेको छ। नताशा वरुणको परिवारसँग नजिक छिन्। उनलाई वरुणका पिता डेभिड धवनले निकै रुचाउँछन्। वरुण र नताशाको बिहे गोवामा हुने बताइएको छ।
गोवाको सुविधासम्पन्न होटलमा यी दुइले बिहे गर्ने तयारी गरेका छन् भने आफू निकट बलिउडकर्मीलाई मे महिनाको तेश्रो साता समय निकाल्न पनि खबर गरिसकेका छन्। उनीहरु, केही बलिउडकर्मीको जस्तो देश बाहिर गएर बिहे गर्ने मुडमा छैनन्। बरुण अहिले एकपछि अर्को चलचित्रमा काम गरिरहेका छन्। ‘मिस्टर लेले’को काम सकेपछि वरुण बिहेको तयारीमा लाग्नेछन्।