सुदूर नेपाललाई विश्वसँग जोड्दै

दैनिक एउटा अन्डा खानुहोस्, स्वस्थ बनाउँछ मुटु

२०७६ माघ १६, ०६:१५ खबर संवाददाता

आज पनि अन्डा, भोलि पनि अन्डा। यो कुरा तपाईंले अहिलेसम्म कुनै न कुनै दिन भनेको हुनुपर्छ। कतिपयले तपाईंलाई अन्डा खानु र नखानुबारे अनेक सुझाव पनि दिएका होलान्। तर, राम्रो स्वास्थका लागि दिनमा कति अन्डा खानुपर्छ भन्नेबारे के तपाईंलाई थाहा पाउनु भएको छ?

चीनमा करिब १० लाख मानिसमा गरिएको एउटा अध्ययनले नयाँ तथ्य फेला पारेको छ। त्यो हो– दिनमा एउटा अन्डा खायो भने धेरै रोगबाट टाढा हुन सकिन्छ। सबैभन्दा राम्रो त दैनिक एउटा अन्डा खानाले मुटु रोगको खतरालाई कम गर्न सकिन्छ। विशेषज्ञहरुले दैनिक अन्डा खाने सल्लाह त दिन्छन्। सँगसँगै उनीहरुले धेरै अन्डा खानु स्वास्थका लागि बेफाइदा हुने पनि बताउँदै आएका छन्। अधिकांश चिकित्सकहरु दैनिक अन्डा खाने सल्लाह दिन्छन्। किनकि अन्डामा पोषण तत्व भरपूरमात्रामा हुन्छ।

यसमा भिटामिन ए, डि, बि र बि १२ मात्र होइन, लुटिन तथा जिएजेनथिनजस्ता पोषक तत्व पनि पाइन्छ। बेलायती डायटिसिएन फ्रेन्की फिलिप्स भन्छन्, ‘दैनिक एउटा–दुइटा अन्डा खानु राम्रो हो।’ उनले थपेका छन, ‘धेरै अन्डा खानुमा पनि कुनै समस्या चाहिँ हुने होइन। तर, हामीले के कुराको ध्यान राख्नु पर्छ भने हामीले धेरै खाँदा यसमा पाइने पोषक तत्व हामीले आवश्यक मात्रामा नलिन पनि सक्छौँ।’

यसअघि अन्डामा धेरै कोलेस्ट्रोल हुने भएकाले सातामा तीनभन्दा धेरै अन्डा नखान बेलायती मुटु फाउन्डेसनले २००७ मा एउटा सुचना नै निकालेको थियो।
 

कमेन्ट लोड गर्नुस