सुदूर नेपाललाई विश्वसँग जोड्दै

टिकटक प्रयोग गर्नुहुन्छ? यति कमाउँछ टिकटकले!

२०७६ माघ २५, ०५:४५ खबर संवाददाता

लोकप्रिय भिडियो शेयरिङ एप टिकटक त तपाईंले प्रयोग गर्नुभएकै होला। तपाईमध्ये धेरैजसोको फोनमा यो एप्लिकेसन रहेको छ। नेपालमा पनि टिकटक निकै प्रचलित छ। टिकटककै कारण कतिपयले आफ्नो प्रतिभा निखार्ने मौका पाएका छन् भने कतिपयको समय बर्बाद पनि भइरहेको छ। टिकटकले कति कमाउला त? यसको जवाफ सुन्नुभयो भने तपाईंले पक्कै जिब्रो टोक्नुहुने छ।

टिकटकले सन् २०१९ को अन्तिम तीन महिनामा कम्पनीको इतिहासकै सबभन्दा बढी नाफा कमाएको छ। सूचना प्रविधि उद्योगको विश्लेषण गर्ने संस्था सेन्सरटावरर्का यान्डी नेल्सनले बताएअनुसार, टिकटकले पछिल्लो त्रैमासिकमा ८ करोड ७० लाख डलर नाफा कमाएको छ। एप स्टोर र गूगल प्लेलाई पैसा बुझाएपछि टिकटकले ६ करोड २० करोड खुद नाफा कमाएको हो। 

यो चीनबाहेक टिकटक चल्ने अन्य सबै मुलुकबाट आएको नाफा हो। सन् २०१८ को त्यही अवधिको नाफाका तुलनामा टिकटकले सन् २०१९ मा ५२१ प्रतिशत नाफा कमाएको नेल्सनले जानकारी दिए। सार्वजनिक गरिएको जम्मा दुई वर्षमा टिकटक अमेरिकामा सबभन्दा बढी डाउनलोड गरिने एप बन्यो। सन् २०१९ मा टिकटक ७५ करोडपटक डाउनलोड गरियो। 

टिकटकमा प्रयोगकर्ताहरूले साना संगीतबद्ध भिडियो रेकर्ड गरेर शेयर गर्न पाउँछन्। अघिल्लो साता अमेरिकी सेनाले सबै सरकारी डिभाइसमा टिकटकमाथि प्रतिबन्ध लगाइने भनेको थियो किनकि यो बनाउने कम्पनी बाइटडान्सले डेटा संकलन गरेर चिनियाँ सरकारलाई बुझाउने गरेको बताएको थियो। अनि गत अप्रिल महिनामा यौन दुराचारीहरूले नौ वर्षे बालबालिकालाई समेत यौनसम्बन्धी सन्देश पठाउन टिकटक दुरुपयोग गर्ने गरेको रिपोर्ट आएको थियो। एजेन्सी 

कमेन्ट लोड गर्नुस