एक मिसकलले जुरायो लगन्, ६० वर्षीया बेहुलीलाई २० बर्षे दुलाहा
प्रायः विवाहमा बेहुला र बेहुलीको उमेरबिच केहि भिन्नता रहने गरेको छ। अधिकाशं अवस्थामा बेहुलीभन्दा बेहुलाको उमेर बढि हुन्छ। तर प्रेममा परेका कतिपय जोडिहरु भने उमेरको हदलाई समेत पार गर्दछन्। तथापी उमेरको भिन्नता एक सिमासम्म मात्र हुन्छ। अर्थात आफुभन्दा ५–१० बर्ष जेठाकान्छा संग विवाह हुनु स्वभाविक हो। तर भारतमा भने एक जोडिको उमेरको भिन्नता यति धेरै छ कि जसको कल्पना समेत गर्न सकिदैन।
सुन्दै पत्यार नलाग्ने यस बिवाहमा बेहुला बेहुली बिचको उमेर भिन्नता ४० बर्षको छ। र अझ रोचक त के छ भने बेहुला २० बर्षका छन् भने बेहुली ६० बर्षकी छन्। यो भारतको उत्तर प्रदेशको मुरादाबाद जिल्लाको रामपुर शहर, सैदनगर गाउँ निवासी एक ६० वर्षीया महिलाले मात्र २० बर्षका युवकसँग विवाह गरेकी हुन्। अहिले यस विवाहको चर्चा आसपासका गाउँ मात्र नभई विश्वभर फैलिएको छ। बेहुला भारत हरदोईका निवासी हुन्। यि दुबैको भेट मिसकलबाट शुरुवात भएको थियो।
खासमा दुई बर्षअघि ति युवाले गल्तीले एक नम्बरमा कल गरे। तर हतारमा पुरा रींग नजादै फोन काटे। उता महिलाले आफ्नो मोवाइलमा मिसकल देखेपछि फोन फर्काइन्। यसपछि दुबैबिच फोनमा कुराकानी हुन थाल्यो। फोनमा भएको कुरा यति गहिराईसम्म पुग्यो कि दुबैले संगैबाच्ने मर्ने कसम समेत खाए।
करिब १२ बिघाकी धनि ती महिलाको पतिको केहि बर्षअघि मृत्यु भइसकेको छ। आफ्नी आमाको विवाहको खबर सुनेर ति महिलाकी छोरीले माइतीमा गई यस विवाहको निकै विरोध गरिन्। यो बिषय प्रहरीकोमा समेत पुग्यो। तर महिला र युवकले विवाहमा दुबै पक्षको मञ्जुरी भएको बताएपछि प्रहरीले उनीहरुलाई कारबाही गर्न सकेन।