यसरी शुरु भएको थियो श्राद्ध गर्ने परम्परा!
वेदमा रहेको पितृयज्ञलाई पुराणमा ब्याख्या गरियो र त्यसलाई श्राद्ध भन्न थालियो। तर पितृपक्ष आदिकाल देखि नै रहँदै आएको छ। जब पितृपक्षलाई पितृको श्राद्ध गर्ने परम्परामा बिस्तार हुन थाल्यो त्यो बेलादेखि आजसम्म पनि श्राद्ध गर्ने परम्परा त्यस्तै रहि आएको छ। श्राद्धको परम्परा आखिर कसले शुरु गरे त? यसको प्रचलन कहिले प्रारम्भ भयो? यो सम्बन्धमा विद्वानहरुको आ–आफ्नै मतभेद छ।
तर महाभारतको अनुशासन पर्वमा एउटा कथामा श्राद्ध गर्ने परम्पराको उल्लेख गरिएको छ। यो पर्वमा भीष्म पितामहले युधिष्ठिरलाई श्राद्ध परम्पराको बारेमा ज्ञान दिएका छन्। महाभारतका अनुसार सबैभन्दा पहिला श्राद्धको उपदेश महर्षि निमीले अत्रि मुनिलाई दिएका थिए। महाभारतका अनुसार सबैभन्दा पहिला निमीले श्राद्ध गरेका थिए। त्यसपछि अन्य महर्षिहरुले पनि श्राद्ध गर्न थालेका थिए।
निमीको उपदेश पछि श्राद्ध कर्मको प्रचलन प्रारम्भ भएको मानिन्छ। महाभारतको युद्धपछि कर्ण बाहेम अन्य मरेका सबै सेना तथा कौरव पक्षका दाजुभाईहरुको युधिष्ठिरले अन्तिम संस्कारका साथै श्राद्ध पनि गरेका थिए। श्रीकृष्णले कर्णको श्राद्ध नगरेको देखेपछि युधिष्ठिरलाई किन नगरेको भन्ने प्रश्न गरे। तब उनले कर्ण आफ्नो कुलको नभएको बताएका थिए।
त्यहिबेला भगवान श्रीकृष्णले युधिष्ठिरलाई कर्ण उनकै दाजु भएको राज खोलेका थिए। पहिला पनि भगवान श्रीरामले पिता दशरथको श्राद्ध गरेका थिए। यो कुरा रामायणमा उल्लेख गरिएको छ। महाभारतको समय भन्दा पहिला पनि श्राद्ध गर्ने परम्परा रहेको यहाँबाट थाहा पाउँन सकन्छि। तर श्राद्धको परम्परा भने वैदिक कालदेखि नै जारी रहेको छ। वेदमा पनि देवता र पितृको स्तुति गरिएका मन्त्रहरु पाइन्छ। एजेन्सी