सुदूर नेपाललाई विश्वसँग जोड्दै

दोस्रो तल्लाबाट बालक खसेर गुडिरहेको रिक्सामा परेपछि… (भिडियो)

२०७६ माघ २६, ०४:०९

गुडिरहेको रिक्सामा अचानक केही खस्छ। रिक्साचालकले हत्तपत्त रोकेर हेर्छन्। रिक्साको पछाडि सिटमा बालक देख्छन्। स्थनीय रिक्सातर्फ दौडन्छन्।

दुई तल्लामाथिबाट खसेको बालक रिक्सामा परेर बच्छन्। यो घटना भारतको मध्य प्रदेशको हो जहाँ एउटा भवनको दोस्रो तल्लाबाट बालक चिप्लेर खस्दा सडकमा गुडिरहेको रिक्सामा खसेर पनि बाँचे। 

समाचार एजेन्सी एएनआईका अनुसार बालक परिवारका सदस्यसँग दोस्रो तल्लामा खेलिरहँदा सन्तुलन गुमाएर रेलिङबाट खसेका थिए । बालक सामान्य अवस्थामा रहेको र सकुशल रहेका छन्।

भिडियो हेर्न यहाँ क्लिक गर्नुस

कमेन्ट लोड गर्नुस