पोर्न फिल्म हेर्न लाग्दा एक्कासी भिडियोमा आफ्नै श्रीमतीलाई देखेपछि..
छिमेकी मुलुक भारतको बैंगलोरमा एउटा अनौठो घटना भएको छ। एकजना पुरुषले इन्टरनेटमा पोर्न भिडियोहरु हेर्दै गर्दा एक्कासी एउटा भिडियोमा आफ्नै श्रीमतीलाई कुनै अपरिचित पुरुषसँग यौनक्रिडा गरिरहेको देखेपछि उनको सातोपुत्लो मात्र उडेन पारिवारिक विखण्डन नै हुनपुग्यो।
समाचार अनुसार आफ्नै श्रीमतीको पोर्न भिडियो देख्न पुगेका ती ३३ वर्षीय पुरुष उत्तर प्रदेशका हुन् भने उनकी पत्नी कलकत्ताकी हुन्। बिहेपछि उनीहरु दुवैजना बैंगलोरमा बस्दै आएका थिए।
बिहेबारीका लागि जोडी जुराइदिने वेबसाइटमार्फत नै चिनाजानी गरेर सन् २०१८ मा उनीहरुले बिहे गरेका थिए। आफ्नो बिहेअगाडि कुनै पुरुषसँग प्रेम सम्बन्ध रहेको र पछि ब्रेकअप भएको कुरा ती महिलाले आफ्नो लोग्नेलाई बताएकै थिइन्। लोग्नेले श्रीमतीको त्यो यथार्थलाई स्वीकार गरेरै बिहे गरेका थिए।
बिहेपछि ती महिला पतिलाई प्रायः पोर्न फिल्म हेर्न कर गर्थिन्। पत्नीको आग्रहलाई मान्नुको विकल्प थिएन ती पुरुषसँग । त्यसै क्रममा एकदिन जब उनले इन्टरनेटमा एउटा पोर्न भिडियो हेरिरहेका थिए, त्यसमा आफ्नै श्रीमतीलाई देखे।
भिडियोमा उनकी पत्नी आफ्नो पूर्वप्रेमीसँग यौनक्रिडा गरिरहेकी थिइन्। यसबारेमा सोधीखोजी गर्दा पत्नीले आफ्नो पूर्वप्रेमीले सोही भिडियोबाट आफूलाई ब्लाकमेल गरिरहेको बताइन्। पत्नीले आफू बिहेअघि रिलेसनसीपमा रहेको कुरा पहिले नै बताएको हुनाले लोग्नेचाहिँले सो भिडियोलाई सामान्य रुपमा लिए।
तर अघिल्लो महिना इन्टरनेटमा पोर्न हेर्ने क्रममा उनले आफ्नी पत्नीको अर्को पोर्न भिडियो पनि देखे। त्यसमा उनी अर्कै पुरुषसँग यौनक्रिडा गरिरहेकी थिइन्। इन्टरनेटमा श्रीमतीको अर्को पोर्न भिडियो देखेपछि ती पुरुष छाँगाबाट खसेझैँ भए। यसबारेमा श्रीमतीसँग कडा रुपमा सोधपुछ गर्दा श्रीमतीले आफू बिहे अगाडि धेरै जना पुरुषसँग रिलेसनमा रहेको र केही जनासँग यौनसम्पर्क गरेको बताइन्।
त्यसपछि ती पुरुषले पत्नीसँग डिभोर्स गर्ने निर्णय गरे। पत्नीले भने आफ्नो लोग्नेलाई फिर्ता पाउँ भनी पुलिससँग उजुरी गरेकी छिन् । तर धोकेबाज पत्नीसँगै रहन नसक्ने बताउँदै ती पुरुषचाहिँ एक्लै बस्न थालेका छन्।
यो अनौठो घटनाका पात्र ती पुरुष र महिलाको नामचाहिँ गोप्य राखिएको छ। -एजेन्सीको सहयोगमा