सुदूर नेपाललाई विश्वसँग जोड्दै

महिलालाई आफ्ना पुरुष सहकर्मीको तलब थाहा पाउन दिनुपर्छ!

। फोटो स्रोत ।
२०७६ माघ २७, ०५:४६ खबर संवाददाता

महिला कर्मचारीहरुलाई एउटै कार्यालयमा काम गर्ने आफ्ना पुरुष सहकर्मीको तलबबारे जानकारी लिने कानुनी अधिकार दिलाइनुपर्ने एक ‘जेन्डर इक्वालिटी च्यारिटी’ ले पहल गरेको छ। त्यसो भएमा मात्र आफूहरुबीच भेदभाव गरिएको नगरिएकाबारे उनीहरुले थाहा पाउने च्यारिटीको भनाइ छ। 

यसरी फसेच सोसाइटीले महिला र पुरुषबीच समान पारिश्रमिक सम्बन्धी आवाज उठाउँदै कानुनमा परिवर्तन ल्याइनुपर्ने माग गरेको हो। जसमा पुरुषहरुले आफूसँग काम गर्ने महिला सहकर्मीहरुलाई आफ्नो तलब बताएर मात्र पनि धेरै मद्दत गर्न सक्ने च्यारिटीले जनाएको छ। यसअघि विश्वव्यापी रुपमा, २०३० सम्ममा महिला र पुरुषबीच पारिश्रमिकको कुरामा पूर्ण समानता ल्याइने प्रतिज्ञा गरिएको थियो। यही विषयमा पुनः बहस भएपछि यस्तो उपायबारे चर्चा गरिएको हो। 

फसेट सोसाइटीका प्रमुख कार्यकारी सेम स्मेथर्स भन्छिन, “तलब गोप्य राख्नुको अर्थ महिलाहरुले आफूलाई पुरुष बराबर पारिश्रमिक दिइएको छ छैन भन्ने कहिल्यै थाहा पाउन सक्दैनन् र आफूसँग अन्यायापूर्ण व्यवहार भएकाबारेमा पनि अन्जान रहनुपर्ने हुन्छ। यसरी अहिलेको सन्दर्भमा महिलाहरुले एउटै पदमा काम गर्ने पुरुषको तलब आफ्नो भन्दा धरै भएको शंका लागेपनि स्पष्ट जानकारी हासिल गर्न असम्भव भइसकेको छ। त्यसैल पनि हामीले यस सम्बन्धी कानुनमा बदलाव ल्याउनुपर्ने पहल गरेका हौँ।”

उनका अनुसार महिलाहरुलाई अरुको पारिश्रमिकबारे जानकारी लिन पाउने ‘स्पष्ट अधिकार’ हुनुपर्छ ताकि उनीहरुले असमानता विरुद्ध आवाज उठाउन सकून्। यसमा पुरुषहरुले एउटा सामान्य जानकारी प्रदान गरि महिलाहरुको मद्दत गर्न सक्ने उनले बताइन्। हाल स्वीडेनमा अरुले तिर्ने गरेको कर सम्बन्धी जोसुकैले पनि सजिलै हेर्न पाउने व्यवस्था रहेको छ। तर सबै देशमा त्यस्तो कानुन छैन। अमेरिका, बेलायत लगायतका विकसित देशहरुमा समेत एउटै कामका लागि महिला र पुरुषलाई दिइने तलबमा धेरै ठूलो भिन्नता हुने गरेको पाइएको छ।  
 

कमेन्ट लोड गर्नुस