अंग्रेजीको सबैभन्दा लामो शब्द, जसमा छन १ लाख ८९ हजार ८१९ वटा अक्षर
मानिसहरूलाई सामान्यतया युरोपको अहिले टुक्रिसकेको मुलुक चेकोस्लोभाकिया (Czechoslovakia) जस्ता अंग्रेजीका लामा शब्दहरू पढ्न निकै गाह्रो लाग्छ।
तर यो दुनियाँमा एउटा यस्तो अंग्रेजी शब्द पनि छ, जसलाई फरर्र पढ्दासमेत साढे ३ घण्टा लाग्छ।
तपाईंलाई यो कुरा थाहा पाउँदा अचम्म लाग्न सक्दछ कि अंग्रेजी भाषाको सबैभन्दा लामो शब्द १ लाख ८९ हजार ८१९ वटा अक्षरको छ ।
यो शब्द वास्तवमा मानिसको शरीरमा पाइने एउटा टाइटिन नामक प्रोटिनको रसायनिक नाम हो। वैज्ञानिकहरूका अनुसार मानव, शरीरमा २० लाखभन्दा धेरै प्रोटिन छन् । प्रोटिन अमिलो एसिडबाट बनेको हुन्छ । मानव शरीरमा हुने प्रोटिनमध्ये टाइटिन सबैभन्दा लामो प्रोटिन हो । जसमा २६ हजारभन्दा धेरै एमिनो एसिड हुन्छन्।
झण्डै एक लाख ९० हजार अक्षरको यो प्रोटिनको रसायनिक नामलाई अंग्रेजी शब्दकोषमा राखिएको थियो । तर जब यो लामो नामका कारण समस्या पर्यो, तब यसलाई शब्दकोषबाट हटाइयो । अहिले यसलाई केवल टाइटिन नामबाट चिनिन्छ।
रेजी नटोरीले सन् १९५४ मा टाइटिन प्रोटिनको खोजी गरेका हुन्। सन् १९७७ मा कोस्सक मरुयामा लगायतका वैज्ञानिकहरूले यसको रासयनिक संरचनाका बारेमा थप खोज गरे र यस प्रोटिनको नाम कोन्नेक्टिन राखे। त्यसको दुई वर्षपछि कुआन वांग र उनका सहयोगीहरूले पनि यो प्रोटिनमाथि अध्ययन गरे र त्यसको नाम टाइटिन राखेका हुन्। -एजेन्सीको सहयोगमा