चर्को गर्मीमा दुई वर्षको बच्चालाई बालुवामा गाडेर रोमान्स गर्ने जोडी पक्राउ
एउटा यस्तो दम्पत्ति फेला परेको छ, जसले आफूहरु रोमान्स गर्नका लागि आफ्नो बच्चालाई बालुवामा गाडेको छ।
सुन्दैमा डर तथा घृणा पैदा हुने यो घटना अर्जेन्टिनाको हो। समुद्री तटमा रोमान्स गर्नका लागि आफ्नो २ वर्षे बच्चालाई बालुवामा खाल्डो खनेर घाँटीसम्म पुरेर राखेको घटनामा सो बच्चाका बाबुआमा पक्राउ परेका छन्।
बच्चालाई बालुवामा गाडेर एक दम्पत्तिले रोमान्स गरिररहेको भन्दै प्रत्यक्षदर्शीहरुले जानकारी गराएसँगै पुलिस घटनास्थलमा पुगेको थियो।
पुलिस घटनास्थलमा पुग्दा बच्चा गाडिएको ४५ मिनेट पुगिसकेको थियो। त्यहाँ निकै चर्को गर्मी थियो भने बच्चा पनि भोकै थियो।
प्रहरीका अनुसार रोमान्स गर्नका लागि आफ्नै बच्चालाई बालुवामा गाड्ने त्यो दम्पत्तिमध्ये बाबुचाहिँ अर्र्जेिन्टनी नागरिक हुन् भने आमाचाहिँ चेक गणतन्त्रकी हुन्। -एजेन्सी