कोरोना भाइरसले यसरी बचायो युवतीलाई बलात्कारबाट
घातक कोरोना भाइरसले एकजना युवतीको अस्मिता जोगाइदिएको छ। हो, कोरोना भाइरसकै कारण एकजना युवती बलात्कारबाट जोगिएकी छन्।
समाचार अनुसार, चीनको वुहानमा एकजना युवतीमाथि एक युवकले गिद्दे दृष्टि लगाए। ती युवक युवतीको बेडरुममै जबरजस्ती छिरेर युवतिमाथि बलात्कारको प्रयास गरे। तर त्यही बेला युवतीले चलाखी अपनाइन्।
करणीबाट जोगिने अरू उपाय नदेखेपछि उनी जोडसँग हाछिउँ गरिन् र पटक पटक खोक्न थालिन्। ती युवतीले आफूलाई बलात्कार गर्ने मनसाय राखेका युवकसँग आफू कोरोना भाइरससंक्रमित व्यक्ति भएको र भर्खरै अस्पताल गएर आएको बताइन्।
कोरोना भाइरसको कुरा सुन्नेबित्तिकै उनी तत्कालै त्यहाँबाट भागे। वास्तवमा ती युवती कोरोना भाइरसबाट संक्रमित होइनन्। बलात्कारबाट जोगिनका लागि उनले यस्तो झूटो बोलेकी थिइन्।
प्रहरीले उक्त युवकलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ। -एजेन्सी