यौनबर्द्धक औषधिबाट भएका ४ दर्दनाक घटना
भियग्रा अर्थात् यौनबर्द्धक औषधि। यसको सेवन दुनियाँमा धेरै मानिसहरूलाई लाभदायक पनि भएको छ होला। तर कतिपयका लागि चाहिँ यो जिन्दगीभर नबिर्सनै पीडा बन्यो । भियग्रा सेवनका कारण भएका ४ चर्चित दुर्घटना यस्ता छनः
-सन् २०१५ डेनियल मेडफोर्थ नामका एक पुरुषले रक्सीको नसामा ३५ वटा भियग्राका गोली खाए। बेहोसीमा ३५ चक्की भियग्रा खानु उनका लागि ठूलै समस्या बनेर आयो। पाँच दिनसम्म उनी इन्तु न चिन्तु भए। उनलाई अस्पतालमा भर्ना गरियो। अवस्था लाजमर्दो थियो। तर डाक्टरहरुले उनको अवस्थालाई हेरेर नहाँस्न अस्पतालका सबै स्टाफहरुलाई उर्दी नै जारी गर्नुपर्यो। उक्त घटनापछि अहिलेसम्म पनि जिउँदै रहन सकेकोमा आफूलाई भाग्यमानी ठान्छन् डेनियल।
-इटालीकी एक ५० वर्षीया महिलाले आफ्नो लोग्नेलाई हँसीमजाकमै वाइनमा दुईवटा भियग्रा हालिदिइन्। उनका पतिको उमेर निकै बढी भएको थियो। उनलाई भियग्राले खराब असर र्पुयायो, जसका कारण उनलाई हृदयाघात नै हुनपुग्यो। धन्न तत्कालै अस्पताल र्पुयाइएकाले ज्यान जानबाट भने रोकियो।
-घटना सन् २०१७ को हो। जर्जिना नामकी महिलालाई आफ्नो लोग्नेमाथि शंका लागिरहेको थियो। लोग्नेको साथबाट उनले भियग्राका चार गोली भेट्टाएकी थिइन्। लोग्नेले अरु कुनै महिलासँग यौन सम्पर्क राख्नका लागि भियग्रा सेवन गर्ने गरेको उनको आशंका थियो। रिसको झोकमा उनले एकदिन पतिको हत्या गरिन्। टाउकोमा हथौडाले हिर्काएर उनले लोग्नेको हत्या गरेकी थिइन्।
-सन् २०१२ मा चर्चित लेखक जेम्स एन्ड्रियूजले भ्यालेन्टाइन्स् डेकै दिनमा आत्महत्या गरे। रेलको लिकमा कुँदेर उनले आत्महत्या गरेका थिए। भियग्राको सेवन गर्ने गरेको पत्नीले थाहा पाएसँगै उनीसँग डिभोर्स गरेकी थिइन्। सोही पिरले उनले आत्महत्या गरेका थिए। –एजेन्सी