सुदूर नेपाललाई विश्वसँग जोड्दै

यस्ता युवतीहरुमा जुनसुकै पुरुषलाई आकर्षित गर्ने क्षमता हुन्छ

२०७६ फाल्गुन ९, ०१:४७ खबर संवाददाता

ज्योतिष शास्त्रलाई विश्वास गर्ने हो भने केही राशि भएका युवतीहरुमा विशेष गुण हुन्छ। उनीहरु आफ्नो राशिको प्रभावले जो सुकै पुरुषलाई पनि पगाल्न सक्छन्। १२ राशिमध्ये चार राशि भएका युवतीहरु आफ्नो सुन्दरता बिना नै कसैलाई रिझाउन सक्षम हुन्छन्। यी निम्न चार राशि भएका युवतीहरुमा मात्र यस्तो प्रभाव हुन्छ, उनीहरुले जस्तोसुकै पुरुषलाई पनि मोहित बनाउन सक्ने क्षमता हुने ज्योतिष शास्त्रले बताउँछ।

मिथुन राशि भएका युवतीहरुको तुलना अप्सरासँग गरिन्छ । जसले जोसुकैलाई आकर्षित गर्न सक्छन्। सुन्दरताबाहेक यी राशि भएका युवतीमा यस्ता थुप्रै गुण हुन्छ जसले पुरुषलाई आकर्षित गर्छन् । उनीहसँग धेरै उमेरसम्म जवान देखिने क्षमता पनि हुन्छ। वृष राशि भएका युवतीहरुको गन्ती सुन्दर देवीसँग हुन्छ।

उनीहरुसँग अरु व्यक्तिमाथि आफ्नो अधिकार जमाउने गुण हुन्छ । साथै उनीहरुको कुरा पुरुषहरु निकै सजिलै मान्ने र पूरा गर्ने गर्दछन्। वृश्चिक राशि भएका युवतीहरुसँग कसैलाई पनि आकर्षित गर्ने शक्ति हुन्छ।

उनीहरुको अनुहार र आँखामा एक प्रकारको सम्मोहन हुन्छ त्यसकारण जसले पनि उनीहरुलाई हेर्छन् उनीहरु मोहित हुन्छन्। मीन राशि भएका युवतीहरु रोमान्टिक हुन्छन्। पुरुषहरु उनीहरुको प्रेममा निकै सजिलै पर्ने गर्दछन्।

उनीहरु आफ्नो मिठो कुराले चाँडै नै पुरुषलाई आकर्षित गरिहाल्छन्।

कमेन्ट लोड गर्नुस