डाक्टरले दिए पत्रिकामा विवाहका लागि विज्ञापन !
इन्टरनेटको यो समयमा आफ्नो विवाहको लागि मानिसहरु मेट्रोमोनियल वेवसाइटको सहारा लिने गर्दछन्। तर आज भन्दा १० वर्ष अगाडि यस प्रकारका सुविधाहरु नभएको बेला मानिसहरु पत्रिकामा आफ्नो विवाहको विज्ञापन छपाउँथे। तर आजको समयमा आएर पनि मानिसहरु पत्रिकामा विवाहको विज्ञापन छपाउछन् भन्दा अचम्म लाग्छ होला।
हालै मात्र पत्रिकामा विवाहको विज्ञापन छापेका एक डाक्टर अहिले भाइरल भइरहेका छन्। उक्त भाइरल मेट्रोमोनियल एड एक ३१ वर्षका डाक्टर अभिनव कुमारले पत्रिकामा छपाएका छन्। एडमा उनले सुन्दर, ईमान्दार, भरोसा गर्न लायक, धेरै माया गर्ने, बहादुर शक्तिशाली र धनी दुलहीको माग गरेका छन्। उनी आफू भने बेरोजगार छन्।
उनले त्यति मात्रै होइन, विज्ञापनमा बेहुली कट्टर देशभक्त, देशको सेना र खेलमा प्रतिभामा धेरै चासो दिने खालको हुनुपर्ने पनि बताएका छन्। साथै आफ्ना बच्चा हुर्काउन पनि एक्सपर्ट भएको हुनुपर्ने बताएका छन्। उनले यो कुरा पत्रिकामा ठूलो अक्षरमा लेखाएका छन्।
किनभने पत्रिका पढ्नासाथ सबैको नजर त्यहाँ जाओस्। सामाजिक सञ्जालमा अहिले त्यहि कुरा हाँसी मजाकको विषय बनेको छ। एजेन्सी