सुदूर नेपाललाई विश्वसँग जोड्दै

संसारका ५ अनौठा कानून :श्रीमतीको जन्मदिन बिर्सियो भने जानुपर्छ जेल

। फोटो स्रोत ।
२०७६ फाल्गुन १०, ०६:२५ खबर संवाददाता

संसार अनेक विविधताले भरिपूर्ण छ। त्यसैले हामी जीवनमा बिभिन्न अनौठा कहानी, समाचार र नयाँ तौर तरिकाहरु देख्ने र सुन्ने गरेका छौँ। संसारमा रहेका बिभिन्न देशहरुले देशमा अचम्मका कानून बनाएका छन्। तिनै अनौठा कानून र देशका बारेमा आज हामी तपाईलाई जानकारी दिनेछौँ।

१. स्वीट्जरल्याण्ड

स्वीट्जरल्याण्डमा रातीको १० बजेपछि तपाई ट्वाईलेट जानुभयो भने ट्वाईलेटमा फ्लश गर्न पाईदैन। यो कानून हामीलाई अचम्मको र अनौठो त लाग्छ तर यो कुरा सत्य हो।

२. अष्ट्रेलिया
अष्ट्रेलियाको भिक्टोरियामा हामी घर वा अफिसमा बल्व चेन्ज गर्ने काम हामी आफै गर्न सक्दैनौ। आफै चेन्ज गर्नु त्यहाँ गैरकानूनी मान्ने गरिन्छ। त्यहाँ उक्त काम क्वालिफाइड इलेक्ट्रिशियनले मात्र गर्न पाउँदछ। उक्त कानून नमान्नेलाई १० अष्ट्रेलियन डलर जरिवाना गरिन्छ।

३. अमेरिका
अमेरिकाको समोआ द्वीपमा तपाईले यदि पत्नीको जन्म दिन बिर्सिनु भयो भने तपाईको जीवन नै धरापमा छ भनेर बुझ्दा हुन्छ। यदि त्यहाँ आफ्नी श्रीमतीको जन्मदिन बिर्सियो भने जेल जानुपर्दछ।

४. जर्मनी
जर्मनीमा कहिल्यै पनि तपाईको गाडीको पेट्रोल सकिनु हुँदैन। यदि पेट्रोल सकिएर गाडीलाई तान्न थालियो भने त्यसलाई गैर कानूनी मान्ने गरिन्छ। किनभने त्यहाँ त्यस्तो गरिएको खण्डमा अन्य ड्राइभरको ध्यान भट्किन्छ र दुर्घटना हुन सक्छ। त्यस्तो भएको खण्डमा ६५ पाउण्ड जरिवाना तिराइन्छ।

५. इटली
तपाई इटालीको मिलान शहरमा हुनुहुन्छ भने सधैँभरि अनुहारमा मुस्कान हुनुपर्दछ। अस्पताल र अन्तिम संस्कारमा बाहेक अन्य बेला सधैँ अनुहारमा मुस्कान हुनुपर्दछ। यदि तपाईले त्यो नियमको पालना गर्नुभएन भने जरिवाना तिराइन्छ। एजेन्सीको सहयोगमा

कमेन्ट लोड गर्नुस