सुदूर नेपाललाई विश्वसँग जोड्दै

पतिले आफ्ना साथीहरुको अगाडी नाच्न लगाए, पत्नीले अस्वीकार गर्दा मुन्डन गरिदिए

। फोटो स्रोत ।
२०७६ फाल्गुन १२, ११:१५ खबर संवाददाता

‘उसले मलाई दैनिक अत्यन्त धेरै पीडा दिन्थ्यो, पिट्थ्यो। तर, यसपटक त उसले मेरो सबै कपाल खौरिदियो। नोकरका अगाडि मलाई नग्न बनायो, नोकरलाई समात्न लगायो र मेरो कपाल काटिदियो। उसले ममाथि यति ठूलो अत्याचार गरेको छ कि म बताउन पनि सक्दिनँ, मलाई आफैंलाई थाहा छैन म त्यहाँबाट अर्को दिन कसरी निस्किएँ। म प्रहरी चौकी पनि गएँ तर त्यहाँ पनि प्रहरीहरुले मसँग पैसा मागे। तर, मसँग पैसाको नाममा केही पनि थिएन। मेरो अनुरोध हो कि— सहयोग गरिदिनुस्।’ 

यो आरोप हो, पाकिस्तानकी आसमाँ अजिजको। उनले यो पतिविरुद्ध आरोप लगाएकी हुन्। केहीअघि अजिजले आफ्नो एउटा भिडियो पोस्ट गर्दै पतिमाथि यी आरोप लगाएकी थिइन्। अजिजले पतिले आफ्ना साथीहरु अगाडि नाच्न गरेको अनुरोध आफूले अस्वीकार गर्दा पतिले यो हालत बनाएको आरोप लगाएकी छिन्।

उनले आफ्नो भिडियो कसरी बनाइन् भन्ने त थाहा छैन तर सामाजिक सन्जालमा उनको भिडियो भाइरल भएको छ। र, पाकिस्तानमा महिलाको सुरक्षालाई लिएर अन्तराष्ट्रिय चिन्ता बढेको छ। पाकिस्तानी सहर लाहोरकी अजिजको जुन भिडियो भाइरल भएको छ, त्यसमा उनको टाउको मुन्डन गरिएको छ। र, उनको अनुहारमा चोट पनि देखिएको छ। यो भिडियो आएपछि उनका पति र उनका घरका सहयोगी प्रहरी हिरासतमा छन्। र, उनीहरुले आफूले अजिजलाई अत्याचार गरेको अस्वीकार गरेका छन्। 

अजिजले दुई दिनअगाडि आफ्ना पतिले यो अत्याचार गरेको बताएकी छिन्। तर, उनका पतिले अजिज ड्रग्स खाएर बेहोस भएर आफ्नो कपाल काटिरहेकी र आफूले सहयोग मात्र गरेको बताएका छन्। 

कमेन्ट लोड गर्नुस