सुदूर नेपाललाई विश्वसँग जोड्दै

हिरा किन्नु पहिले ख्याल गर्नु पर्ने पाँच 'क'

२०७६ फाल्गुन १२, १०:५२

हिरा किन्ने सोच्दै हुनुहुन्छ? तर, कस्तो हिरा किन्ने र सक्कली हिरा कसरी चिन्ने भन्ने कुराले समस्या परिरहेको हुनसक्छ। खासमा अत्यन्त महङ्गो पर्ने भएकाले पनि हिरा किन्नुभन्दा पहिले यसबारे सोचविचार पुर्याउन आवश्यक हुन्छ।

अहिलेसम्म हिराको सक्कलीपना मापन गर्न एउटा निश्चित तरिका अपनाउन सकिएको पनि छैन। किनकि विश्वमा मानिसहरुको औंठाछापजस्तै हिरा पनि फरकफरक हुन्छन्। तर, यसको अर्थ होइन, सक्कली हिरा चिन्नै सकिँदैन। सक्कली हिरा चिन्नका लागि यी पाँच ुकुको ख्याल चाहिँ गर्नु पर्ने हुन्छ। कट हिरा कसरी काटिएको छ भन्ने कुरा नै ख्याल गर्नुपर्ने एउटा कुरा हो। हिरा तीन प्रकारमा काटिएको हुन्छ।

प्रपोसनल, स्यालो तथा डिप। अर्थात्, समानुपातिक ढंगमा, गहिराइमा र सतहमा। जुन हिराको कट प्रपोसनल हो, त्यो नै सबैभन्दा महंगो पर्छ । तर, यसको आकार भने भिन्नभिन्न हुन्छ। कलर हिरा किन्नुभन्दा पहिले यसको रंगबारे पनि आवश्यक जानकारी लिनु जरुरी छ। हिराको खासै कुनै रंग हुँदैन। यो रंगहीन भए पनि थोरै पहेँलोजस्तो चाहिँ देखिन सक्छ।  जुन हिराको रंग अत्यन्त फिका हुन्छ, त्यसलाई नै सबैभन्दा राम्रो हिरा मानिन्छ।

यसको अर्थ हिरा लिँदा कुनै पनि रंग भएको छान्नु पर्ने हुन्छ। हिराको रंगका लागि फरकफरक ग्रेड दिइएको हुन्छ। क्लियारिटी हिरा किन्ने मान्छेले ख्याल गर्नु पर्ने कुरा हो( हिरा कतिको सफा छ। यसबाट प्रस्ट देखिन्छ या देखिँदैन भन्ने ख्याल गरेर हिरा किन्दा ठगिने सम्भावना कम हुन्छ। जति हिरा सफा हुन्छ, त्यति नै त्यसलाई राम्रो मानिन्छ। क्यारेट क्यारेट तौलको अर्थ हो हिराको तौल। अन्दाजका रुपमा के मान्न सकिन्छ भने ५ क्यारेटको एक ग्राम बन्छ।

१ क्यारेटलाई सय पोइन्ट्समा बाँडिएको हुन्छ। यसबारे तपाईंले हिरा किन्ने पसललाई दिइएको सर्टिफिकेटलाई आधार बनाउन सकिन्छ। बरु ख्याल के गर्नुपर्छ भने त्यो पसलले पाएको सर्टिफिकेट सक्कली हो या होइन? एजेन्सी
 

कमेन्ट लोड गर्नुस