सुदूर नेपाललाई विश्वसँग जोड्दै

यस्ता छन् गाजर खानुका फाइदा

२०७६ फाल्गुन २७, ०९:२५ खबर संवाददाता

खाना खाइसकेपछि सलादका रुपमा प्रयोग गर्ने वस्तु मध्ये गाजर पनि एक उक्तम विकल्प हो। गाजरलाई सलादका अलावा तरकारी अचार तथा हलुवा बनाएर पनि खान सकिन्छ।

यहाँ गाजरका फाइदाबारे चर्चा गरिएको छ।

गाजरमा भिटामिन ए भरपूर मात्रामा पाइने भएकोले आँखाको ज्योति तेज पार्नमा सहयोग गर्दछ र रतन्धोबाट बचाउन मद्दत गर्छ।

मुटुको चाल अनियमित हुने समस्या भएकाहरुले पर्याप्त मात्रामा गाजर खाँदा लाभदायक हुन्छ।

गाजरले शरीरमा रगतको उत्पादन बढाउँछ । यसमा भिटामिन ए, बी, सी, डी, इ तथा के समेत पाइन्छ।

काँचो गाजर खानाले रजश्वलाका क्रममा हुने दुखाई पनि कम हुन्छ।

गाजरको नियमित सेवनले छाला स्वस्थ तथा चमकदार बन्नुका साथै चाउरीपना कम गर्दछ।

गाजरको नियमित सेवनले क्यान्सरजन्य रोगहरुको जोखिम पनि कम गर्दछ। एजेन्सी
 

कमेन्ट लोड गर्नुस