वीरगञ्जका कोरोना आशंका गरिएका व्यक्तिलाई कोरोनाको संक्रमण नभएको पुष्टि
२०७६ चैत्र ९, १०:३४
वीरगञ्जका व्यापारी शिवकुमार रुगंटालाई कोरोना भाइरसको संक्रमण नभएको पुष्टि भएको छ। उनको परीक्षणको रिपोर्टमा प्रस्ट लेखिएको छ - 2019-nCoV नेगेटिभ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार, भारतकाे पटना अस्पतालले रुगंटालाई कोरोना भाइरसको संक्रमण नभएको पुष्टि गरेको हो। स्वास्थ्य परीक्षण रिपोर्टले कोभिड–१९ नेगेटिभ देखाएको प्रवक्ता देवकाेटाले बताए।
कमेन्ट लोड गर्नुस