कोरोना परीक्षण गर्ने प्रयोगशालाले माग्यो स्वयंसेवक
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालले स्वयंसेवक माग गरेको छ। कोरोनाभाइसको परीक्षणमा चाँप बढेको भन्दै प्रयोगशालाले सूचना जारी गर्दै स्वयंसेवक माग गरेको हो। योग्यता पुगेका इच्छुकहरूले सात दिन भित्र प्रयोगशालामा जानकारी गर्नुपर्ने निर्देशक डा. रुणा झाले बताइन्।
छनोट भएका जनशक्तिलाई कामबारे सबै कुरा सिकाइने र आवश्यक पर्दा परिचालन गरिने छ। निर्देशक झाले त्यस्ता जनशक्तिले प्रयोगशालाका कर्मचारीलाई कुनै एउटा काममा सहयोग गर्नुपर्ने बताइन्।
स्वयंसेवकहरूले कोरोनाको परीक्षणको नतिजा भने निकाल्न पाउने छैनन्। अहिले टेकुमा रहेको यही प्रयोगशालाले देशभरिका नमूनाको कोरोनाको परीक्षण गरिरहेको छ। सरकारले अन्य ठाउँमा पनि यस्ता प्रयोगशाला निर्माण गर्ने जनाएको छ।