सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतबाट आएका एक जनालाई आइसोलेसन र ६ जनालाई क्वारेन्टाइनमा राखियो

२०७६ चैत्र १०, १२:४३ खबर संवाददाता

छिमेकी देश भारतबाट लुकीछिपी नेपाल प्रवेश गरेका ७ जनालाई बर्दियाको सदरमुकाम गुलरियाबाट आइतबार राति नियन्त्रणमा लिइएको छ। भारतबाट गुलरिया प्रवेश गरेका ७ जनामध्ये एक जनालाई अत्याधिक ज्वरो आएपछि उनलाई बर्दिया जिल्ला अस्पतालको आइसोलेसन वार्डमा राखिएको छ।

बाँकी ६ जनालाई गुलरियामा रहेको क्वारेन्टाइनमा पठाइएको बर्दियाका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताए। भारतसँगको सीमा नाका बन्द भएपछि लुकिछिपी प्रवेश गरेका कारण एक जनालाई आइसोलेसन र बाँकीलाई क्वारेन्टाइनमा राखिएको लामिछानेले बताए।

अलि बढी ज्वरो आएका बिरामीको ज्वरो बिस्तारै घट्दो क्रममा रहेको उनको भनाइ छ। ज्वरो नियन्त्रण नआएमा कोरोना भाइरससम्बन्धी परीक्षण गर्न नमुना काठमाण्डौ पठाइने उनले बताए।  अत्याधिक ज्वरो आएका बिरामी भेटिएपछि बर्दियामा उच्च सतर्कता अपनाइएको छ। 

 

कमेन्ट लोड गर्नुस