कोरोना आशंकामा सेती अस्पताल भर्ना भएकी सांसदको रिर्पोट नेगेटिभ
२०७६ चैत्र १०, ०५:०३
कोरोना आशंकामा सेती प्रादेशिक अस्पताल भर्ना भएकी सुदूरपश्चिम प्रदेशसभा सदस्य अम्बिकुमारी थापाको रिर्पोट नेगिटिभ आएको छ। सेती प्रादेशिक अस्पतालको ईमरजेन्सी वार्ड विभाग प्रमुख डाक्टर जगदिश प्रसाद जोशीले सांसद थापाको रिर्पोट नेगेटिभ आएको जानकारी दिए।
नमूना संकलन गरी काठमाडौँ पठाईएकोमा आज मात्र रिर्पोट आएको उनले बताए। रिर्पोट नेगेटिभ आएपछि अस्पताललाई थापालाई डिस्चार्ज गरेको छ।
उच्च ज्वरो र रुघाखोकी लागेपछि शुक्रबार सेती अस्पतालको आईसोलेसन वार्ड भर्ना भएकी प्रदेशसभा सदस्य थापा यसअघि आईतबार चिकित्सकको सल्लाह बिना घर फर्किएकी थिईन्। तर उनी फेरी अस्पताल भर्ना भएकी थिईन्।
कमेन्ट लोड गर्नुस