सुदूर नेपाललाई विश्वसँग जोड्दै

सालकले कोरोना सारेको हो ?

२०७६ चैत्र १४, ०३:१७

कोरोना भाइरस (कोभिड–१९) सँग मिल्दोजुल्दो भाइरस सालकमा भेटिएको पुष्टि गरिएको छ। बिहीवार नेचर जर्नलमा प्रकाशित एक अध्ययनका अनुसार अहिलेको महाव्याधिका लागि सालक नै जिम्मेवार रहेको निष्कर्ष चाहिँ निकालेको छैन।

तर त्यसमा दिएको संकेतअनुसार अहिलेको कोरोनाभाइरस सालकबाट सरेको हुन सक्ने सम्भावना छ।  विश्व स्वास्थ्य संगठनका अनुसार, चमेरो कोरोनाभाइरस सार्स–साओभीको वाहक हुने बढी सम्भावना छ। तर मानिसमा आइपुग्नुअघि यो अन्य कुनै प्रजातिमा पुगेको हुनुपर्छ। अर्थात् चमेरोबाट भाइरस कुनै अर्को जनावरमा पुगेर त्यस जनावरबाट मानिसमा पुगेको हुनुपर्छ। 

नयाँ अनुसन्धानमा पाइएअनुसार, सालकमा पाइएको कोरोनाभाइरसको जिन संरचना अहिले फैलिरहेको भाइरसको जिन संरचनासँग ८८.५ प्रतिशतदेखि ९२.४ प्रतिशतसम्म मिल्छ। 

आफ्नो निष्कर्ष सावधानीपूर्वक प्रस्तुत गर्दै अनुसन्धाताहरूले जिनोममा रहेको समानताले नै सालकले सार्स–सीओभी–२ लाई चमेरोमार्फत मानिसमा र्पुयाएको भन्ने निष्कर्ष निकाल्न नमिल्ने बताएका छन्। पेपरमा उल्लेख गरिएअनुसार, सालकलाई भविष्यमा देखिने नयाँ कोरोनाभाइरसको सम्भावित वाहकको सूचीमा राख्नुपर्छ। -ऐजेन्सी

 

कमेन्ट लोड गर्नुस