सुदूर नेपाललाई विश्वसँग जोड्दै

भानु र सुनिशा फिचर्ड ‘मायालु प्रियशी’ सार्वजनिक (भिडियो सहित)

२०७७ वैशाख २७, ०२:२७ खबर संवाददाता

कोरना कहरका कारण विश्वभरीनै व्यापार, व्यवसायदेखि मनोरञ्जन क्षेत्र समेत प्रभावित भएको छ। मनोरंजन उद्योग स्थगित हुँदा संसारभर नै कलाकारहरु सामाजिक सञ्जाल मार्फत दर्शकहरुलाई मनोरञ्जन दिइरहेका छन।

लामो लकडाउनको समयलाई सदुपयोग गर्दै प्रतिभाशाली गायक रनमगरले ‘मायालु प्रियशी’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका छन्। पप भर्सनको यस गीतमा स्वर रन मगरको रहेको छ भने शब्द प्रजीत रानाको रहेको छ। गीतमा संगीत चर्चित गायक तथा संगीतकार जेम्स प्रधानको रहेको छ।

द साइलेण्ट मंक ब्याण्ड फिचर्ड म्युजिक भिडियोमा भानु तिवारी , सुनिशा क्षेत्री, लक्ष्मी अधिकारी र नन्दु मिश्रको अभिनय रहेको छ। कर्मा ब्याण्डका गायक सुरेन्द्र मान सिंहले भिडियोलाई छायांकन र सम्पादन गरेका हुन् । नन्दु मिश्रको लगानीमा निर्माण भएको भिडियोलाई प्रजीत रानाको निर्देशनमा तयार पारिएको हो।

ओएसआर डिजिटलको च्यानल बाट सार्वजनिक भिडियोलाई दर्शकको सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ । यस भिडियोलाई  माया गरिदिन सम्पूर्ण दर्शक, स्रोता र मिडिया हाउसलाई सम्पुर्ण म्युजिक भिडियो टिमले  आग्रह गरेका छन्।

कमेन्ट लोड गर्नुस