सुदूर नेपाललाई विश्वसँग जोड्दै

मोटरसाइकल दुर्घटनामा परी साईप्रसमा नेपाली छात्राको मृत्यु

२०७७ साउन १२, ०७:०३

मोटरसाइकल दुर्घटनामा परी साईप्रसमा एक नेपाली छात्राको मृत्यु भएको छ। धादिङ घर भएकी २१ वर्षीया नेपाली छात्रा रेणुका कोइरालाको साइप्रसको निकोसियामा मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको हो।

स्थानीय प्रहरीले छात्रा रेणुकाको मृत्युबारे पुष्टि गरिसकेको छ। मोटरसाइकल हाल प्रहरी नियन्त्रणमा रहेको प्रहरीले बताएको छ।

घटनाको अनुसन्धानको क्रममा मृतक रेणुकाको साथबाट परिचयपत्र, मोबाइल फोन सेट, निलो रंगको झोला, र झोला भित्र केही यूरो भेटिएको साइप्रस प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस