सुदूर नेपाललाई विश्वसँग जोड्दै

"लकडाउनको तिज" सार्वजनिक (भिडियोसहित)

२०७७ साउन २३, ०२:३९ खबर संवाददाता

काठमाडौं: हाम्रो समाजमा तीज महिलाहरूले मनाउने एउटा महत्वपूर्ण पर्व हो। आधुनिक समाजमा तीजको महत्वलाई जुनरूपले व्याख्या गरिए पनि यो एक पौराणिक कालदेखि चलिआएको परम्परा हो। हाम्रो देश आफ्नै रीति रिवाज, धर्म र संस्कृतिले भरिएका छन। हाम्रो समाजमा विविधता कायम भएको छ। र, यही विविधता नै समाजको सौन्दर्यता पनि हो। 

यसपटक कोरना कहरले सार्वजनिक रुपमा तिज मनाउन नसकिने अवस्था छ तर पनि घरमै गीत संगीत सुनेर मनोरंजन होस् भनेर कलाकारहरुले तिजका बिभिन्न गीत संगीत सार्वजनिक गरिरहेका छन्।  यस्तैमा गीतकार तथा संगीतकार मनोज सिग्देल 'युरेश'ले तिज कोशेली 'लकडाउनको  तिज' सार्वजनिक गरेका छन्।

यस गीतमा  शब्द मनोज सिग्देल 'युरेश'को रहेको छ भने स्वर विनय कार्की र कविता श्रेष्ठको रहेको छ।  गीतलाई संगीत संयोजन स्वयम गायक विनय कार्कीले गरेका हुन्।  स्टुडियो भर्सनमा निर्माण गरिएको भिडियोमा विनय कार्की र कविता श्रेष्ठ फ़िचर्ड छन्।  भिडियोमा जनकराज अधिकारीको छायांकन र प्रेम शर्मा पौडेलको सम्पादन रहेको छ।  

२०६५ साल देखि निरन्तर  संगीत क्षेत्रमा संघर्ष गर्दै अघि बढिरहेका गीतकार सिग्देलले हाल सम्म ८ वटा गीत सार्वजनिक गरिसकेका छन्।  सम्पूर्ण नेपाली नारीहरुलाई यसै गीत मार्फत शुभकामना दिदै सिग्देलले सुरक्षित तरिकाले तिज मनाउन अनुरोध गरेका छन्।  

कमेन्ट लोड गर्नुस