सुदूर नेपाललाई विश्वसँग जोड्दै

दुर्गेश थापाको ‘आलु जस्तो गायक’ सार्वजनिक

२०७७ भदौ ४, ०९:०८ खबर संवाददाता

काठमाडौं: गायक दुर्गेश थापाले नयाँ गीत ‘आलु जस्तो गायक’ सार्वजनिक गरेका छन्।  स्वर, संगीतको ज्ञानबारे चर्चा भइरहेका बेला दुर्गेशले नयाँ गीत सर्वजनिक गरेका हुन्।

दुर्गेशका दुई वटा तीज गीत विवादमा आएका थिए। चौतर्फी आलोचना र विवादमा आउन थालेपछि दुर्गेशले आफ्नो भोगाइबारे गीत बनाएका छन्। 

पल शाह, पुष्प खड्का, सारिका केसीसँगै दुर्गेश आफैंले पनि गीतमा अभिनय रहेका छन्। गीतमा उनले आफ्नो आमाले स्कूल नदेखेको र बुवाले गीत नलेखेको कुरा उल्लेख गरेका छन्। बसन्त थापाको शब्द संगीत रहेको गीतको भिडिओलाई शिव विकले निर्देशन तथा कोरियोग्राफी गरेका छन्।

यसअघि उनले बिच्च बिच्चमा भाग दुई र भाग तीन ल्याएका थिए। जसमा उनले सारी लगाएर नाचेकाल आलोचना भएको थियो। अन्तर्वार्ताको क्रममा दुर्गेशले अग्रज गायकहरू गीत गाउन नआएको भन्दै आलोचना गरिएको थियो। 
 

कमेन्ट लोड गर्नुस