सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाल आइडल विजेता बुद्द लामाको 'हुन्न हुन्न हुदै हुन्न' सार्वजनिक(भिडियोसहित)

२०७७ भदौ ८, ०४:४६ खबर संवाददाता

काठमाडौं: नेपाल आइडल सिजन १ विजेता गायक बुद्ध लामा र नेपाल आइडल सिजन ३ टप ३ प्रतिस्पर्धी गायिका सज्जा चौलागाईको युगल स्वरमा रहेको गीत ुहुन्न हुन्न हुदै हुन्नु को म्युजिक भिडियो सार्वजनिक भएको छ।  

प्रेमी प्रेमिका हुने प्रेमिल वार्तालापलाई समेटर लेखिएको यस गीतका शब्द रमेश दहालले लेखेका हुन्। सजिलै सबैले टिप्न सक्ने मिठो धुन समेटिएको यस गीतलाई टिका दहालले  संगीतवद्द गरेका हुन् भने राहुल  प्रधानले संगीत संयोजन गरेका हुन्।  

झरीको मौसममा मायालु जोडी रुझ्दै भिझ्दै भेट्न  आउने पर्ने प्रसङ्गलाई थिम बनाएर निर्माण गरिएको म्युजिक भिडियोमा गायक बुद्द लामा र नायिका मलिका महतलाई रोमान्टिक मुडमा देख्न सकिन्छ।  सुबोल थापाले कोरियोग्राफी गरेको भिडियोलाई नवराज उप्रेतीले छायांकन गरेका हुन्।  नविन निरौलाले कलरिङ र सम्पादन गरेको भिडियोलाई गम्भीर बिस्टको निर्देशनमा तयार पारिएको हो।  

भिडियो रिलिज संगै निर्माण टिमले टिकटक कम्पिटिसनको घोषणा गरेको छ।  गीतको कुनै पार्टमा डोयट टिकटक बनाएर सहभागी भएमा उत्कृष्ट २ जनाले प्रस्तुतिको आधारमा १०/१० हजार पुरुष्कार स्वरूप प्राप्त गर्ने छन्।  

कोरना कहरबीच गीत संगीतप्रेमीहरुलाई मनोरंजन प्रदान निकै मिहिनेत साथ  निर्माण गरिएको यस भिडियोलाई सुनेर, हेरेर प्रतिक्रया दिन निर्माण टिमले सम्पूर्ण दर्शक, स्रोता र मिडिया हाउसलाई आग्रह गरेका छन्।  

कमेन्ट लोड गर्नुस