सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुजल बमको ‘प्रेमको माला’ सार्वजनिक

२०७७ भदौ ८, ०८:४० खबर संवाददाता

धनगढीः सुजल बकको ‘प्रेमको माला’सार्वजनिक भएको छ। विश्व कृतिमानी बहिरा कलाकार बमको नयाँ म्युजिक भिडियो ‘प्रेमको माला’ सार्वजनिक भएको हो। 

गायक नरेन्द्र प्यासीको सँगीत र स्वरमा रहेको गीतमा दुर्गा खतिवडा भट्टराईको शब्द रहेको छ। उक्त गीतको म्युजिक भिडियोमा सुजलसँग दिनेश कठायतको अभिनय छ। मोडल सनम कठायतको परिकल्पनामा अञ्जन शर्माले निर्देशन गरेको उक्त म्युजिक भिडियो दिपक गिरीले छायांकन गरेका हुन्। राजेश कुमारले सम्पादन गरेका छन्। गीतको एभरेष्ट ग्यालरीले बजार व्यवस्थापन गरेको सुजलका बुबा टेक बमले जानकारी दिए। 

उनलाई टेलि चलचित्र कलेज लभको नायिकाको भूमिकामा समेत देख्न सकिने छ। फिल्म निर्देशक राज बहादुर सानेको लेखन तथा निर्देशनमा बन्न लागेको उक्त चलचित्रका निर्माता कुमार केसी हुन।् केही समय अगाडि उनले अभिनय गरेको म्यूजिक भिडियो ‘बैनि झ्यालैमा’ दर्शकमाझ लोकपृय भएको थियो।
भारतमा आयोजित अन्तर्राष्ट्रिय मिस डेफ ला ग्रयाभिटि २०२० मा उनी सहभागि भएकी थिइन्। उनी दोस्रो भएकी हुन्। उनी मिस एसइइ २०१९ मा चौथो भएकी हुन्। उनको घर डोटीको बोक्टान–फुट्सील गाउँपालिका वडा नम्बर ७ चनुकाँडा हो। 

कमेन्ट लोड गर्नुस